१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नाइजेरियामा राष्ट्रपति चुनावको मतगणना जारी


182
Shares

एजेन्सी । नाइजेरियामा हालै सम्पन्न राष्ट्रपतिय निवार्चनको मतगणना सुरू भएको छ ।

राष्ट्रपति निर्वाचनका लागि नाइजेरियाका दुई पुराना र प्रभावशाली पार्टीहरु ए.पी.सी र पी.डी.पी. लाई यसपटक तेस्रो दल लेबर पार्टीले टक्कर दिएको छ ।

नाइजेरियाको सत्तारुढ एपीसीबाट हाल मोहोमद बुहारी राष्ट्रपति छन् । उनीमाथि देशको अर्थतन्त्र चौपट पारेको तथा विद्रोही समुहलाई नियन्त्रणमा राख्न नसकेको आरोप छ ।

बुहारीको दलले यसपटक बोला तिनुबुलाई उम्मेदवार बनाएको छ । यसैगरी, सन् २०१५ सम्म सत्तामा रहेको पीडीपीबाट अतिकु अबुबाकर राष्ट्रपतिको उम्मेदवार बनेका छन् । पीडीपी छाडेर लेबर पार्टीबाट उम्मेदवार बनेका पिटर ओबीले यो चुनावमा नयाँ तरंग ल्याएका छन् । अधिकांश युवाहरुको साथ र समर्थन ओबीको पक्षमा दखिएको छ ।

अफ्रिकाकै ठूलो प्रजातान्त्रिक अभ्यास मानिएको नाइजेरियाको निर्वाचनमा ८ करोड ७० लाख मानिस मत खसाल्न योग्य थिए । जसमा ३५ वर्ष मुनिका युवाहरुको हिस्सा एक तिहाइ रहेको छ ।

हजारौं मतदान केन्द्रहरूमा मतगणना भइरहेको छ । जुन अन्ततः राजधानी अबुजाको चुनाव मुख्यालयमा पठाइनेछ ।