
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले बर्नेमाउथमाथि ४–१ को सहज जित निकालेको हो ।
बर्नमाउथको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन जुलियन अल्भारेज, अर्लीङ ब्रट हाल्याण्ड र फिल फोडेनले एक एक गोल गर्दा बर्नमाउथका क्रिस मेफमले एक आत्मघाती गोल गरे । पराजित टोली बर्नमाउथको लागि जेफर्सन लेर्माले एक गोल फर्काए ।
खेलको १५ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा हालाण्डले गर्दै सिटीलाई दोब्बर अग्रता दिलाए । ४५ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई तेब्बर अग्रता दिलाए ।
५१ औं मिनेटमा बर्नेमाउथका क्रिस मेफमले आत्मघाती गोल गरेपछि सिटीको अग्रता ४–० को बन्यो । ८३ औं मिनेटमा बर्नेमाउथका लेर्माले गोल गरेपनि सिटी ४–१ ले विजयी भयो ।
जितसँगै सिटी २५ खेलबाट ५५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित बर्नमाउथ २४ खेलबाट २१ अंक जोडेर १९ औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्