
काठमाडौं । यस वर्षको काराबाओ कप फुटबलको उपाधि म्यान्चेस्टर युनाईटेडले जितेको छ ।
लण्डनको वेम्बले रंगशालामा आइतबार राति भएको फाइनल खेलमा न्युकासल युनाईटेडलाई २–० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले उपाधि जितेकाे हो । खेलको ३३ औं मिनेटमा ब्राजिलियन खेलाडी कासेमिरोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिएकाे हुन् ।
३९ औं मिनेटमा न्युकासलका सेभेन बोटम्यानले आत्मघाती गोल गरेपछि युनाइटेड २–० ले विजयी भयो । जितसँगै ६ वर्षपछि पहिलो उपाधि जितेको म्यान्चेस्टर युनाईटेडले डच पशिक्षक एरिक टेन ह्यागको नेतृत्वमा सुधारिएको संकेत गरेको छ ।
युनाइटेडले यसअघि सन् २०१७ मा जोजे मौरिन्होको नेतृत्वमा युरोपा लिग जितेको थियो । म्यान्चेस्टर युनाइटेडले इंग्लीश लिग कप अर्थात काराबाओ कपको उपाधि जितेको यो छैटौं पटक हो ।
प्रतिक्रिया दिनुहोस्