७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


धनुषामा प्रहरीकाे भ्यानबाट हाम फालेर हतकडीसहित एक अभियुक्त फरार


494
Shares

काठमाडौं । धनुषामा धनुषा प्रहरीको भ्यानबाट हाम फालेर बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित फरार भएका छन् ।

आइतबार साँझ बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया भ्यानबाट हाम फालेर फरार भएका हुन् ।

आइतबार जिल्ला अदालत धनुषाबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किदै गर्दा साँझ साढे ७ बजे यदुकुहास्थित कमला नहर नजिक भ्यानबाट हामफालेर भागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।

आइतबार रातिदेखि नै मुखियाको खोजी कार्य तीव्र गरिएकाे प्रहरीले बताएकाे छ ।