
Web Pic
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ४ त ३०४६ नं. को ट्याक्टर आफैं अनियन्त्रित भई सडक छेउमा पल्टिँदा विनयी त्रिवेणी–४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रम मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्