१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रियंका चोपडाको फिल्म ‘सिटाडेल’ बाट पहिलो लुक सार्वजनिक


494
Shares

एजेन्सी । भारतीय एवं हलिउड अभिनेत्री प्रियंका चोपडा अभिनित फिल्म ‘सिटाडेल’ काे पहिलो लुक सार्वजनिक भएको छ ।

प्रियंकाले २७ फेब्रुअरीमा सामाजिक सञ्जालमा इन्स्टाग्राम मार्फत आफ्नो हलिउड वेब सिरिज ‘सिटाडेल’ सँग सम्बन्धित धेरै तस्बीर सार्वजनिक समेत गरेकी थिइन् । जसमा उनी एक्सन लुकमा देखिएकी छन् ।

प्रियंका कहिले एक्सन त कहिले रोमान्टिक भूमिकामा देखिदै आइरहेकी छन् । रुसो ब्रदर्सले निर्माण गरेकाे ‘सिटाडेल’ को पहिलो दुई एपिसोड आगामी अप्रिल २८ मा प्रिमियर हुने भएकाे छ।

यस वेब सिरिजमा प्रियंका एक जासुसको भूमिकामा रहेकी छन् । वेब सिरिजमा उनीसँगै रिचर्ड म्याडेन र पेड्रो लिआन्ड्रोले समेत अभिनय गरेका छन् ।