
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित रहेको बताउनुभएकाे छ ।
नेपालको आदिवासी जनजाति अन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुनकाे तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।
वर्तमान सरकार बदलिएको व्यवस्था अनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित भएकाे जारी सन्देशमा भनिएकाे छ ।
सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न समेत उहाँले अपिल गर्नुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्