
एजेन्सी । एक वर्षदेखि रुससँग युद्ध लडिरेहेको युक्रेनले रुस भित्रै छिरेर हवाई महला गर्ने प्रयास गरेको खुलासा भएको छ ।
रुसी राजधानी मस्कोभन्दा सय किलोमिटर टाढा गुबास्तोभो नजिक दुई वटा युक्रेनी ड्रोन विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएका छन् ।
उक्त विमान रुसी सेनाले खसालेको हो वा आफैं दुर्घटनामा परेको हो भन्नेबारे केही खुलेको छैन ।
युक्रेनले तैनाथ गरेको ड्रोन खसालेको दाबी रुसले गरिरहँदा युक्रेनले भने रुसभित्र छिरेर आफूहरुले सैन्य कारबाही नगरेको र आफ्नो कारबाही युक्रेनी भूमि जगाउन केन्द्रित रहेको स्पष्ट पारेको छ ।
रुसी गैरसैनिकहरुलाई निशाना बनाउन युक्रेनले ड्रोन पठाएको हुनसक्ने रुसको आंकलन छ ।
प्रतिक्रिया दिनुहोस्