
काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले अदालतबाट हुने न्याय सम्पादनपूर्व विस्तृत बहसको आवश्यक्ता रहेको बताउनुभएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अदालतबाट हुने न्यायलाई कानून विद्यालयमा अध्ययन गराउनयोग्य किसिमबाट न्याय सम्पादन गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले विद्यालयहरुमा प्रोफेसरहरुले अध्ययन गराउँदा गरेका प्रतिक्रियाहरुबाट न्यायाधीशहरुले आफूले गरेको निर्णयको पुनरावलोकन गर्ने गरेको उल्लेख गर्दै त्यसै किसिमबाट नेपालमा पनि न्याय सम्पादन हुन जरुरी रहेको बताउनुभयो ।
महान्यायाधिवक्ता पोखरेलले छिमेकी देश भारतमा न्याय सम्पादन गर्दा कुनै विषयमा एक वरिष्ठ अधिवक्ताले निरन्तर २१ दिनसम्म बहस गर्ने र त्यसका आधारमा मात्रै न्यायाधीशहरुले फैसदा गर्ने गरेको स्मरण गर्दै त्यस्ता नजिरहरुलाई ध्यानमा राखेर न्याय सम्पादन गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्