१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउनुपर्ने माग जायज छ : सभामुख घिमिरे


273
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताउनुभएको छ ।

बुधबार नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले इञ्जा डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सञ्चारकर्मीको हक अधिकार र व्यवसायिक दक्षताको लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयकहरु अल्झिरहेका, विवादमा रहेर रोकिएकाले तिनीहरुलाई अघि बढाउन आफू तयार रहेको बताउनु भएको हो ।

उहाँले रोकिएका विधेयकहरुमा सञ्चारमाध्यमसँग बसेर छलफल गर्न र संसदमा अघि बढाउने प्रक्रियामा पुग्न आवश्यक रहेको बताउनु भयो । सभामुख घिमिरेले सञ्चारमाध्यमले खोजमुलक र जनतामुखी समाचार सम्प्रेषण प्रशारण गर्नुपर्ने बताउनु भयो ।

उहाँले अवस्था परिवर्तनको लागि पत्रकारिताको भूमिका महत्वपूर्ण उल्लेख गर्दै समृद्ध समाज बनाउन र प्रजातन्त्रलाई बलियो बनाइ राज्य सञ्चालनका अंगहरु व्यवस्थापिका र कार्यपालिकालाई प्रभावकारी बनाउन सञ्चारमाध्यमहरुको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।