
सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रतिनिधि सभामा विश्वासको मत लिने बताउनु भएको छ ।
बुधवार सुर्खेत विमान स्थलमा संचारकर्मीहरसँग कुराकानी गर्दे उहाँले आठ दल मिलेर रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाएकाले पौडेलको जित निश्चित भएको उल्लेख गर्नुभयो । एक प्रश्नको उत्तरमा उहाँले आफू अरूलाई मन्त्री बनाउने अभियानमा लागेको भन्दै मन्त्री नबन्ने उल्लेख गर्नुभयो । उपसभापति खड्काले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले विश्वासको मत पाउने पनि दाबी गर्नुभयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण अहिलेको आठ दलीय गठबन्धन बनेको पनि खड्काको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्