
एजेन्सी । भारतीय अभिनेता कार्तिक आर्यन अभिनित फिल्म ‘भुल भुलैया ३’ को टिजर सार्वजनिक भएको छ ।
फिल्मको निर्माण पक्षले फिल्मको तेस्रो भागको घोषणा गर्दै टिजर सार्वजनिक गरेको हो ।
कार्तिकले पनि आफ्नो सामाजिक सञ्जाल मार्फत फिल्मको टिजर सार्वजनिक गरेका छन् । फिल्मको टिजरमा कार्तिक आर्यन ‘रुह बाबा’ को भूमिकामा देखिएका छन् । उनले उक्त ५८ सेकेन्डकाे टिजरमा आफूले आत्मासँग कुरा गर्ने सक्ने र आत्मा आफ्नो शरिरमा प्रवेश गर्न सक्ने पनि बताएका छन् ।
कार्तिकको पोष्ट अनुसार यो फिल्म २०२४ को दिपावलीमा रिलिज हुनेछ । अघिल्लो फिल्म जस्तै यो पनि अनिस बज्मीले निर्देशन गर्दैछन् । फिल्मको निर्माण टी–सिरिजको ब्यानरमा भइरहेको छ । फिल्म सम्बन्धी बाँकी विवरण भने आएको छैन् ।
‘भुल भुलैया २’ सन् २०२२ को सबैभन्दा धेरै कमाउने हिन्दी फिल्महरू मध्ये एक थियो । फिल्मले बक्स अफिसमा २५० करोडभन्दा बढी कमाएको थियो ।
प्रतिक्रिया दिनुहोस्