
काठमाडौं । राष्ट्रपतिमा उम्मेदवारी दिनुभएका नेकपा (एमाले) का नेता सुवास नेम्वाङसहित नेताहरू नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय पुगेका छन् ।
बिहीबार बिहान नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरूलाई भेट्न कार्यालय गएका हुन् ।
भेटमा आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको समाजवादीका एक नेताले जानकारी दिए । ।
कांग्रेससहितको आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्