
काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
शुक्रबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
शुक्रबार दिउँसो भने कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, देशका बाँकी पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ । त्यस्तै, अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै, कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शुक्रबार राति भने कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्