८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ आज कतार जाँदै


104
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार कतार प्रस्थान गर्नुहुने भएकाे छ ।

उहाँ कतारको दोहामा आयोजना हुने अल्पविकसित राष्ट्रहरूको पाँचौं राष्ट्र संघीय सम्मेलनमा भाग लिन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गर्नुहुने भएकाे हाे । उहाँको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, सांसद डा. जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारका लागि नेपाली राजदूत लगायत कतारमा जाने भएका हुन् ।

सम्मेलन आइतबारदेखि मंगलबारसम्म हुने भएकाे छ । मन्त्री श्रेष्ठले अति कम विकसित मुलुक समूहको शिखर सम्मेलनमा सहभागी भइ सम्बोधन गर्ने कार्यक्रम तय भएकाे छ ।

श्रेष्ठले विभिन्न देश तथा संघ संस्थाका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने कार्यसूची रहेको छ ।