१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अभिनेत्री दीपिका ‘ओस्कर अवार्ड’ मा प्रस्तोताको रुपमा सहभागी हुँदै


247
Shares

एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोण २०२३ को ‘ओस्कर अवार्ड’ मा प्रस्तोताको रुपमा सहभागी हुने भएकी छन् ।

दीपिकाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत पोष्ट गर्दै सो कुराको जानकारी दिएकी हुन् ।

दीपिकाले ओस्कार अवार्डमा हलिउडका चर्चित कलाकार रिज अहमद, ड्वेन जोन्सन, माइकल बी जोर्डन, जो साल्डाना, एमिली ब्लन्ट र ग्लेन क्लोजसँग सहकार्य गर्ने भएकी छिन् ।

यो खबर सुनेपछि दिपिकाका प्रशंसकहरु निकै खुसी र उत्साहित भएका छन् । यससँगै दीपिकाका श्रीमान् र अभिनेता रणवीर सिंहले पनि उनलाई समर्थन गर्दै बधाई दिएका छन् ।

दीपिका ओस्करमा प्रस्तोता बने ‘आरआरआर’ ले पक्कै ओस्कर जित्ने भन्दै प्रशंसकहरुले उनको पोस्टमा कमेन्ट गरिरहेका छन् ।

एसएस राजामौली निर्देशित ब्लकबस्टर फिल्म ‘आरआरआर’ को गीत ‘नाटु नाटु’ यस वर्षको ओस्कार अवार्डमा मनोनित भएको छ ।