१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल


247
Shares

काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले सुरूवातमा बलिङ गर्दैछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा (पपुवा न्युगिनी) ले टस जितेर ब्याटिङ रोजेको पछि नेपालले सुरूवातमा बलिङ गरेको हो ।

नेपालले शृखंलाको पहिलो खेलमा पीएनजीलाई ४ विकेटले पराजित गरेको थियो । बिहीबार युएईसँग ६८ रनले पराजित भएपछि लगातार पाँच खेलको जित शृखंलामा ब्रेक लागेको नेपाल शुक्रबारको खेलमा पपुवा न्युगिनीविरुद्ध पुनरागमन गर्दै जित निकाल्ने लक्ष्यमा छ ।