
काठमाडौं । तनहुँमा चितुवाको आक्रमणबाट पाँच वर्षयता १४ बालबालिकाको मृत्यु भएको छ ।
२०७४ साल फागुन ९ गतेदेखि अहिलेसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणमा परेर दश बालक र चार बालिकाको मृत्यु भएको हो ।
चितुवाको आक्रमणबाट डेढ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको ज्यान गएको डिभिजन वन कार्यालयले जनाएको छ । यसैगरी, चितुवाको आक्रमणबाट १९ बालबालिका घाइते भएका थिए ।
प्रत्येक पालिकामा पानीको पोखरी निर्माण कार्यलाई प्राथमिकता दिएपछि विगतको तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी ल्याउन सकिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
खोला खोल्सीमा रहेका सबै पानी बस्तीमा लैजाँदा तीर्खा मेट्न वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माण कार्यलाई तीव्रता दिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्