१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ग्लोबल टुरिजमले होली तथा स्पेनमा मनाइने ला-टोमाटिनो फेस्टिबलको आयोजना गर्ने


221
Shares

काठमाडौं । ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले होलीका दिन अर्थात सोमबार होली महोत्सव तथा स्पेनमा मनाइने ला–टोमिनो फेस्टिबलको आयोजना गर्ने भएको छ ।

नेपाली कला संस्कृतिको जगेर्ना गर्नुका साथै नेपाली संस्कृतिलाई विश्व सामु चिनाउने र आन्तरिक तथा बाह्य पर्यटनलाई समेत टेवा पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको काउन्सिलले जनाएको छ ।

काउन्सिलका अध्यक्ष धर्मेन्द्र सापकोटाले

काउन्सिलका अध्यक्ष धर्मेन्द्र सापकोटाले नेपाली संस्कृतिसँगै विदेशी संस्कृतिको आदान प्रदानका लागि यस्ता फेस्टिबलले सहयोग पुग्ने बताउनुभयो ।

नेपाली संस्कृतिसँगै विदेशी संस्कृतिको आदान प्रदानका लागि यस्ता फेस्टिबलले सहयोग पुग्ने बताउनुभयो ।

विदेशी संस्कृतिलाई भित्र्याएको आरोपको खण्डन गर्दै अध्यक्ष सापकोटाले हाम्रो संस्कृति विदेशीलाई चिनाउन र स्पेनको संस्कृति हामीले सिक्ने मौका भएको बताउनुभयो ।

यस्ता कार्यक्रमले दुई देशको भाइचारा पनि बढने सापकोटाको भनाइ छ ।

फेस्टिवलमा प्रतियोगितात्मक रुपमा महिलाहरुको कवड्डीको पनि आयोजना गर्न लागेको छ । कार्यक्रम नेपाल स्काउट लैनचौरमा दिनको १२ बजेबाट सुरू हुने आयोजकले जनाएको छ ।