८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


म्यानचेस्टर सिटी र चेल्सी विजयी


247
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र चेल्सी विजयी भएका छन् ।

शनिबार राति म्यानचेस्टर सिटीले न्युकासल युनाइटडलाई २–० ले तथा चेल्सीले लिड्स युनाइटेडलाई १–० ले हराएका हुन् ।

सिटीको जितमा फिल फोडेन र बेर्नार्डो सिल्भाले एक एक गोल गरे ।

खेलको १५ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ६७ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।

त्यस्तै, अर्काे खेलमा चेल्सीले लिड्सलाई १–० ले हराएको हो । चेल्सीको जितमा वेस्ली फोफानाले निर्णायक गोल गरे ।

खेलको ५३ औं मिनेटमा उनले गोल गरे ।

शनिबार राति भएका अन्य खेलहरूमा एस्टन भिल्लाले क्रिष्टल प्यालेसलाई १–० ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्सले टोटनह्याम हट्सपरलाई १–० ले नैं पराजित गरेको छ । अर्को खेलमा ब्राइटनले वेस्ट ह्याम युनाइटेडलाई ४–० ले पराजित गरेको छ ।