
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–२० राष्ट्रिय महिला फुटबल टिमलाई बिदाइ गरेको छ ।
आइतबार एन्फाले प्यालेस्टाइनमा हुने एएफसी यू–२० महिला एसियन कप–२०२४ को छनोट प्रतियोगिता खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली आइतबार नै त्यसतर्फ प्रस्थान गर्ने छन् ।
छनोटका लागि नेपाली टिमका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् ।
नेपाल छनोटको समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै घरेलु टिम प्यालेस्टाइन, नर्दन मारियाना र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।
नेपालले मार्च ८ मा घरेलु टिम प्यालेस्टाइनविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । मार्च १० मा नेपालले नर्दन मारियाना टापुको सामना गर्नेछ । मार्च १२ मा नेपालले पहिलो चरण छनोटको अन्तिम खेल यूएईविरुद्ध खेल्नेछ ।
समूहको शीर्ष स्थानमा रहने टिमले छनोटको दोस्रो चरणमा स्थान बनाउनेछ ।
प्रतिक्रिया दिनुहोस्