११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


फिल्मको क्लिप टिकटकमा लिक भएपछि कानुनी प्रक्रियामा गयो छक्का पन्जा टिम


29.146k
Shares

काठमाडौं । फिल्म ‘छक्का पन्जा ४’ टिकटकमा लिक भएपछि फिल्मका टिम कानुनी प्रक्रियामा गएको छ ।

टिकटकमा करिब १५ सेकेन्डदेखि ८ मिनेटसम्मका फिल्मको क्लिप अपलोड भइरहेको पाइएको छ ।

उक्त कुराको जानकारी फिल्मका कलाकार तथा निर्माता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ ले फेसबुकमार्फत दिएका छन् ।

उनले लेखेका छन्, ‘सचेत रहनुहोला है ! कानुनी प्रक्रियाका लागि ओएसआर र अन्य व्यक्तिहरू साइबर प्रहरीमा जाँदैछन् भन्ने सूचना भर्खरै पाएँ । कृपया आफूले अपलोड गरेको फिल्मको भिडियो डिलिट गरी कानुनी झमेलाबाट बच्नुहोला,’ ।

फिल्मले दुई दिनमा ३ करोडभन्दा बढी कमाइ गरेको छ ।

हेमराज बिसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ ।