१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नाइजेरियामा अपहरणमा परेका १४ जनाको उद्धार


52
Shares

एजेन्सी । नाइजेरियाको उत्तरी राज्य कादुनामा अपहरणमा परेका १४ जनाको उद्धार गरिएको छ ।

सशस्त्र विद्रोही समूहका गत हप्ता नाइजेरियाको कादुना शहरबाट अपरणमा परेका उनीहरुको सकुशल उद्धार गरिएको हो । अज्ञात स्थलमा बन्दक बनाएर राखिएको अवस्थामा उनीहरुलाई नाइजेरियाली सुरक्षा फौजले उद्धार गरेको हो ।

अपहरण मुक्त गर्ने क्रममा सुरक्षा कारबाहीमा परेर एकजना अपहरणकारीको ज्यान गएको र अरु अपहरणकारी भने भागेका थिए । नाइजेरियाको कादुना क्षेत्रमा विद्रोही समूह बोको हरामको निकै नै प्रभाव रहेको र पछिल्लो समय सोही समूहले त्यहाँ आतंकवादी हमलालाई तीब्रता दिंदै आएको छ ।

सोही क्षेत्रमा नाइजेरियाली संयुक्त सुरक्षा फौजले केही महिनादेखि सशक्त कारबाही अघि बढाएको छ । त्यसै क्रममा उनीहरुलाई अपहरणमुक्त गरेको जनाइएकाे छ ।