
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रका समस्याहरुको पहिचान गरी समाधान खोज्न अध्ययन समिति गठन गरेको छ ।
राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले आर्थिक अनुसन्धान विभागका प्रमुख प्रकाश श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति बनाएको हो । समितिमा दुई जना स्वतन्त्र विज्ञ, राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक, लघुवित्त संस्था सुपरभिजन विभागका निर्देशक र नेपाल लघुवित्त बैंकर्स संघको प्रतिनिधि सदस्य रहने भएका छन् ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका निर्देशकलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ । समितिलाई ६ महिनाभित्र सुझाव दिन भनिएको छ । लघुवित्तका केही ऋणीहरुले ऋण नतिर्ने भन्दै आन्दोलन सुरु गरेपछि लघुवित्तहरु असहज अवस्थाबाट गुज्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस्