१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घट्यो सुनचाँदीको मूल्य


1.391k
Shares

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सय रूपैयाँले घटेर एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख २ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार १० रूपैयाँले घटेर १ हजार २६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।