२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बंगलादेशको ढाकास्थित व्यापारिक भवनमा विष्फोट हुँदा कम्तिमा १७ को मृत्यु, डेढ सय बढी घाइते

'एकै रातमा १२ वटा मन्दिर तोडफोड'

247
Shares

एजेन्सी । बंगलादेशको व्यावसायिक भवनमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ । घटनामा डेढ सय भन्दा बढी घाइते भएका छन् ।

पुरानो ढाकाको सिद्दिकी बजारमा रहेको उक्त पाँच तले भवनमा बिस्फोट हुँदा नजिकैका अन्य भवनहरुमा समेत क्षति पुगेको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्छ ।

यसैबीच, बंगलादेशमा एकै रातमा १२ वटा मन्दिरमा तोडफोड भएको छ । ठाकुरगाउँ जिल्लाको बलियाडाँगीस्थित सडक छेउमा रहेका १२ वटा मन्दिरमा तोडफोड गरिएको हो । मन्दिरमा रहेका १४ वटा मूर्ति सडकमा फालिएको छ ।

घटनामा संलग्न केहीलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।