
एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रकाशराजमाथि मुद्दा दर्ता गर्न (एफआइआरको) माग गरिएको छ ।
हालै, सर्वोच्च अदालतका वकिल शशांक शेखर झाले सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै तमिलनाडु प्रहरीलाई प्रश्न गरेका छन् । ‘के तपाइहरुले प्रकाश राज विरुद्ध मुद्दा दर्ता गर्नु भएको छ ?’
त्यस्तै, झाले प्रकाशको तस्बिर पनि सार्वजनिक गरेका छन्, जसमा प्रकाश कालो टि–सर्टमा देखिएका छन् । उनको टीसर्टमा लेखिएको छ ‘मलाई हिन्दी आउँदैन, जाउ । ‘ अहिले यस विषयमा सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ ।
वकिल झाको यो ट्विटलाई रि-ट्वीट गर्दै प्रकाश राजले लेखेका छन्– ‘मेरो भाषा कन्नड हो । यदि तपाई मेरो भाषाको अपमान गर्नुहुन्छ सम्मान गर्नुहुन्न र आफ्नो भाषा हामीमाथि थोप्न चाहानुहुन्छ भने हामी त्यसरी नै यसको विरोध गर्छौं । के तपाई मलाई धम्की दिदैँ हुनुहुन्छ ।’
यो २०२० को कुरा थियो, त्यतिबेला बलिउड र साउथ सिनेमाबीच शीतयुद्ध चलिरहेको थियो । भाषाका विषयमा मानिसहरूले एकअर्कालाई टिप्पणी गरिरहेका थिए ।
यसैबीच, सेप्टेम्बर १३, २०२० मा, हिन्दी दिवसको अवसरमा, प्रकाश राजले इन्स्टाग्राममा एक पोस्ट पोस्ट गरे । उक्त पोस्टमा उनले कालो टि–सर्ट लगाएका थिए, जसमा लेखिएको थियो– ‘मलाई हिन्दी आउँदैन, जाउ ।’
यो तस्बिरको साथ उनले क्याप्सनमा लेखेका थिए – ‘म धेरै भाषा जान्दछु …धेरै भाषामा काम गर्न सक्छु…. तर, मेरो शिक्षा …मेरो विश्वास …मेरो जरा …मेरो शक्ति…. मेरो गौरव ….. मेरो मातृभाषा हो, कन्नड ।’
प्रतिक्रिया दिनुहोस्