२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रपति चयनका लागि मतदान हुनु अघि संघीय संसद परिसरमा देखिएको तस्विरहरू


338
Shares

काठमाडौं । गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति राष्ट्रपति चयनका लागि मतदान केही बेर सुरू हुँदै छ । मतदान बिहान १० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सुरू हुनेछ । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

निर्वाचन अधिकृतको कार्यालयले संघीय सांसदका लागि एउटा र प्रदेशसभा सदस्यका लागि अर्को गरी दुई वटा मतदान केन्द्र रहने जनाएको छ ।

राष्ट्रपतिका लागि दुईजना उम्मेदवार मैदानमा छन् । नेपाली कांग्रेस सहितको आठ दलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उमेदवार हुनुहुन्छ भने विपक्षी दल नेकपा (एमाले) एक्लैका तर्फबाट एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल मतदानका लागि संघीय संसद भवन पुग्नु भएको छ ।