
काठमाडाैं । नेपाली कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति बनेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको बताउनुभएको छ ।
बिहीबार राष्ट्रपति निर्वाचनका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानको अक्षरशः भावनालाई इमान्दारितापूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्ने प्रतिवद्धता जनाउनुभयो ।
पौडेलले गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्ने कुरामा आफू सचेत रहेकाले सोही अनुसारको व्यवहार हुने बताउनुभयो । उहाँले आफू सबैको माया पाएर राष्ट्रपति बन्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,-‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य हो मेरो । संविधानको अक्षरशः भावनालाई इमान्दारितापूर्वक पालना गर्ने कुरामा आफूलाई समर्पित गर्छु । गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरा म सचेत छु । सबैले माया गरेका छन्, सबैको विश्वासमा रहने छु ।’
उम्मेदवार पौडेलले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगरेर आफ्नै सहयोग गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्