
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ ।
बिहीबार बसेको रास्वपाको संसदीय दलको बैठकले सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार रहनुभएको पौडेललाई मत दिने निर्णय गरेको हो ।
रास्वपाका १९ जना सांसद छन् ।
नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान जारी रहनेछ ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टीले निर्वाचनमा सहभागी नहुने निर्णय गरेको थिए ।
प्रतिक्रिया दिनुहोस्