१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रीकालिन उडान सुरू


325
Shares

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि नियमित रुपमा रात्रीकालिन उडान सुरु भएको छ ।

आइएफआर प्रणाली लागू भएसँगै पोखरा विमानस्थलबाट रात्रीकालिन उडान तथा अवतरण सुरु गरिएको हो । बुद्ध एअरले नियमित रात्रीकालिन उडान गरेको हो ।

बिहीबार काठमाडौं, भैरहवा, नेपालगञ्ज र भद्रपुरबाट बुद्ध एअरका चार वटा विमानले पोखरामा रात्रीकालिन अवतरण गरेका थिए भने ती विमान राति नै गन्तब्यतर्फ फर्केका थिए ।

हाललाई राति १२ बजेसम्म विमानस्थल सञ्चालन गरिने भएको छ ।