१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिल्म ‘तू झुठी मैं मक्कार’ ले पहिलो दिनमै १५ करोड बढि कमायो


1.443k
Shares

एजेन्सी । भारतीय अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म ‘तू झुठी मैं मक्कार’ ले पहिलो दिनमै १५ करोड बढि कमाइ गरेको छ ।

फिल्म बुधबारदेखि प्रदर्शनमा आएको हो ।

फिल्मले भारतीय बक्स अफिसमा राम्रो कमाइ गर्नुको साथै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । दर्शकले फिल्ममा रणवीर र श्रद्धाको जोडीलाई रूचाइरहेका छन् ।

हिन्दी फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन १५ करोड ७३ लाख भारतीय रूपैयाँ कमाएको छ । उनले उक्त कुराको जानकारी सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्विट गर्दै दिएका छन् ।

लभ रन्जनले निर्देशन गरेको फिल्ममा रणवीर र श्रद्धासँगै डिम्पल कपाडिया, बोनी कपूर, अनुभव सिंह बस्सीलगायत कलाकारको अभिनय छ ।

रोमान्टिक कमेडी जनराको फिल्म लभ फिल्म्स ब्यानर र टी-सिरिजको सहकार्यमा बनेको हो ।