६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नवनिर्वाचित राष्ट्रपतिलाई सभामुखले दिए बधाई


338
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिनुभएको छ ।

शुक्रबार बिहान सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई पौडेलकै निवासमा पुगेर बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो ।

बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नौ दलीय गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल निर्वाचित हुनुभएको थियो ।

आफू नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ कार्यक्रममा सहभागी हुन नपाउने व्यहोरासमेत सभामुख घिमिरेले जानकारी गराउनुभएको छ ।

सभामुख घिमिरेले शुक्रबार बहराइनमा शनिबारदेखि हुने अन्तर व्यवस्थापिका संघको एक सय ४६ औं बैठकमा भाग लिन आफू शुक्रबार त्यसतर्फ जान लागेको पनि सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई जानकारी गराउनुभयो ।