
एजेन्सी । चिनियाँ संसद जनकंग्रेसले राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेको छ ।
सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका सीलाई जनकंग्रेसको चालु अधिवेशनले तेस्रो कार्यकालका लागि अनुमोदन गरेको हो ।
बैठकले सीलाई केन्द्रीय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित गरेको छ । यस्तै, जनकांग्रेसले हान चाङलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ भने चाओ लचीलाई जनकंग्रेसको अध्यक्ष निर्वाचित गरेको छ ।
बैठकले जनकंग्रेस स्थायी समितिका १४ जना उपाध्यक्षसमेत चयन गरेको छ । बैठकले प्रधानमन्त्रीसहित बाँकी राज्य परिषद्का सदस्यहरु तथा अन्य सरकारी उच्च अधिकारीहरु पनि निर्वाचित गर्नेछ ।
राष्ट्रपति सी का निकट लि छियाङ नयाँ प्रधानमन्त्री बन्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्