२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बर्दियाको गेरूवाका स्थानीय प्रहरीले दुर्व्यवहार गरेको भन्दै आन्दोलित


2.795k
Shares

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकाका स्थानीयवासी प्रहरीले आफूहरुमाथि दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका छन् ।

शान्ति सुरक्षाका निम्ती खटिएका प्रहरीले नै आफूहरुमाथि दुर्व्यवहार गरेको भन्दै गेरुवा गाउँपालिकाका-६ लाहोरपुरका स्थानीयवासीले इलाका प्रहरी कार्यालय शान्ति बजार अगाडि नारा जुलुस गरेका हुन् । घटनामा संलग्न भनिएको व्यक्तिको खोजिमा गएका प्रहरीले संलग्न आरोपित व्यक्ति नभेटेपछि आफूहरुलाई दुर्व्यवहार गरेको स्थानीयवासीहरुले आरोप लगाएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डिएसपी हिक्मतबहादुर बोहोराले आफू घटनाकाे बारेमा अत्यन्त गम्भीर रहेकाे बताउनुभएकाे छ । अनुसन्धानका लागि स्थलगत निरीक्षणमा आएको र दोषीलाई कारबाही गर्ने उहाँले बताउनुभयाे ।