
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक शनिबार बस्दै छ ।
बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको छ ।
बैठकले उपराष्ट्रपतिमा उम्मेदवारी दिने नदिने तथा दिने भए उम्मेदवारको पनि टुंगो लगाउने छ । साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा हुनेछ ।
उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबारलाई उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्