
काठमाडौं । उदयपुरको रौतामाई गाउँपालिका–८ पाखाटोलमा शुक्रबार आगलागी हुँदा एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।
रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय छोरा रोजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिनुभयो ।
माटो ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा मानवीय क्षतिसँगै सबै सामाग्रीहरु जलेर नष्ट भएको छ ।
बिजुली सर्ट भएर घर सल्किएको आगोले १० लाख रुपैयाँ बराबरको भौतिक क्षति गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्