
काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा ‘भीर माहुरी’ बोलको गीत सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा अन्जुसँगै गायक आरसी रिमालको पनि स्वर रहेको छ । नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा मोहन थापाको शब्द र गायक आरसीकै संगीत रहेको छ ।
उत्सव दाहालको छायांकन रहेको गीतमा विकास दाहालको सम्पादन र रंग संयोजन रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र रोशन केसीको अभिनय रहेको छ ।
प्रतिक्रिया दिनुहोस्