
काठमाडौं । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबारबाट सकिंदै छ ।
नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेलले सोमबार शपथ लिएसँगै भण्डारीले शितलनिवास छाड्नुहुनेछ ।
उहाँ सोमबार शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने भण्डारीको सचिवालयले जनाएको छ ।
भण्डारी २०७२ साल कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित हुनुभएको थियो । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उहाँ निर्वाचित हुनुभएको थियो ।
मुलुकको तेस्रो राष्ट्रपतिको रुपमा गत फागुन २५ गते रामचन्द्र पौडेल निर्वाचित भईसक्नुभएको छ । पौडेलले सोमबार कायम मुकायम प्रधानन्यायाधिश हरिकृष्ण कार्कीबाट सपथ लिनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्