
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई ३–१ ले हराएको हो ।
चेल्सीको लागि बेन चिलवेल, काइ हाभर्ट्ज र माटियो कोभासिसले एक एक गोल गरे । लेस्टर सिटीका लागि पाटसन डाकाले एक गोल गरे ।
खेलको ११ औं मिनेटमा चिलवेलले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर, ३९ औं मिनेटमा डाकाले गोल गर्दै लेस्टरलाई १–१ को बराबरीमा ल्याए ।
पहिलो हाफको इन्जुरी समयमा हाभर्ट्जले गोल गर्दै चेल्सीलाई २–१ दे अघि बढाए । त्यसपछि, ७८ औं मिनेटमा कोभासिसले गोल गर्दै चेल्सीलाई ३–१ को जित दिलाए ।
खेलको ८७ औं मिनेटमा वोउट फेसले रातो कार्ड पाएपछि लेस्टर १० खेलाडीमा समेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्