६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


म्यानचेस्टर सिटी विजयी


169
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई हराएको छ ।

शनिबार राति भएको खेलमा सिटीले क्रिस्टललाई १–० ले हराएको हो ।

सिटीको जितमा अर्लिङ ब्रट हाल्याण्डले निर्णायक गोल गरे ।

खेलको ७८ औं मिनेटमा हालाण्डले पेनाल्टीमार्फत गोल गरेका हुन् । इल्केए गुन्डोगानलाई माइकल ओलिसले फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।