
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले अन्तिम उम्मेदवारको बारेमा पार्टीमा बैठक बसेर निर्णय हुने बताउनुभएको छ ।
आइतबार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन अधिकृतको कार्यालयले दाबीविरुद्ध उम्मेदवारी
कायमै रहने निर्णय गरेसँगै उम्मेदवार यादवले पार्टीले दुई जनाको उम्मेदवारी दिएको अन्तिम टुंगो पार्टी र गठबन्धनको बैठकबाट नै टुंगो लाग्ने बताउनुभयो ।
जसपाबाट प्रमिला कुमारी र यादवको उपराष्ट्रपति पदका लागि उम्मेदवारी परेको थियो ।
प्रतिक्रिया दिनुहोस्