
काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
सोमबार बिहान देशको पहाडी भू-भागका केही स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागहरूको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक-हल्का वर्षाको सम्भावना रहेको छ।
सोमबार राति भने गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक- हल्का वर्षाको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्