
काठमाडौं । मर्जरपछि बनेको नयाँ बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले औपचारिक रुपमा एकीकृत कारोबार सुरू गरेको छ ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सोमबार आयोजित एक समारोहमा एकीकृत कारोबारको शुभराम्भ गर्नुभयो ।
अध्यक्ष सिलवालले बेग्ला बेग्लै शक्ति र क्षमतालाई संयुक्त रुपमा प्रयोगमा ल्याउँदा राम्रो प्रतिफल दिन सकिने बताउनुभयो । बीमा कम्पनीहरुको पुँजी वृद्धिको निर्णयले बजारलाई राम्रो र विश्वसनीय बनाउने विश्वास पनि उहाँले ब्यक्त गर्नुभयो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले दुई कम्पनी गाभिएपछि सिनर्जी आएकाले गाउँगाउँ पुगेर बीमाको सेवा दिने बताउनुभयो ।
यस्तै, सगरमाथा इन्योरेन्सका अध्यक्ष रामकृष्ण मानन्धरले सगरमाथा लुम्बिनी कम्पनी निर्जीवन बीमा क्षेत्रमा नम्वर वान कम्पनीको रुपमा स्थापित हुने बताउनुभयो ।
मर्जरबाट आएको सगरमाथा लुम्बिनी बीमा कम्पनी बीमा कोष र जगेडा कोषमा देशकै बलियो कम्पनी बनेको छ भने बजारका हिसाबले पनि यो कम्पनी अग्रस्थानमा आएको छ ।
प्रतिक्रिया दिनुहोस्