९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


पूजापाठ गरेर कीर्ति बिहारको स्थापना दिवस मनाइयाे


65
Shares

काठमाडाैं । कीर्तिपुरमा रहेकाे नगर मण्डल कीर्ति बिहारको स्थापना दिवस मनाइएको छ ।

स्थापना दिवसको अवसरमा बिहारमा पूजापाठ गरिएको हाे । सोही अवसरमा भगवान बुद्धको स्मरणमा महापरित्राण पाठ गरिएको छ ।

विश्व शान्तिको कामना गर्दै सोही बिहारमा पूजापाठ समेत गरिएको थियो । २०३१ सालमा स्थापना भएको सोही बिहारको संरक्षणमा सुदर्शन महाअस्थी वीर भन्तेले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको
छ ।