२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


शेयर बजारमा सामान्य सुधार


65
Shares

काठमाडौं । पछिल्ला दिन वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजार मंगलबार करिब स्थिर रह्यो ।

तीब्र उतारचढावबीच बजार परिसूचक करिब २ अंकले हरियो रही १९ सय ५३ कायम भएर थामिएको हो । कारोबार भने सोमबार सरह नै अर्ब हाराहारीमै सीमित रह्यो । मंगलबार ५ वटा उपसमूहबाहेक बाँकी सकारात्मक रहे ।

व्यापार, उत्पादनमूलक, लघुवित्त, वाणिज्य बैंक र सामूहिक लगानी कोष समूह ओरालो लागे भने बाँकी समूह उकालो लागेका हुन् । व्यापार समूहमा २ प्रतिशतमाथिको गिरावट आएको हो । जलविद्युत समूहमा सबैभन्दा उच्च पौने १ प्रतिशत वृद्धि आयो । बाँकी अधिकांश समूह दोहोरो अंकले सकारात्मक रहे ।

मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ५५ कम्पनीको ३३ लाख बढी कित्ता शेयर १ अर्ब १३ करोड बराबरमा किबनेच भएको एक्सचेन्जले जनाएको छ । मंगलबार १ सय २६ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो ।

मंगलबार यूनिक नेपाल लघुवित्त, शुभम् पावर र सुपर मादी हाइड्रोका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत हाराहारी कमाए ।