१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इमरान खानलाई पक्रन गएकाे प्रहरीमाथि ढुंगामुढा प्रहार


936
Shares

एजेन्सी । भ्रष्टाचारको आरोपमा पाकिस्तानका पुर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरिक ए इन्साफ पार्टी (पीटीआई) का अध्यक्ष इमरान खानलाई गिरफ्तार गर्न गएको प्रहरी रित्तो हात फर्कन बाध्य भएको छ ।

लाहोरस्थित खानको निवास जान लागेको प्रहरीको गाडीलाई उहाँका समर्थकहरुले रोकेपछि व्यापक झडप भएपछी प्रहरी खानलाई पक्रन असफल भएको हो ।

पाकिस्तानको लाहोरस्थित खानको निवास बाहिर भेला भएका हजारौं समर्थकहरुले प्रहरीमाथि ढुंगामुढा गरेपछी प्रहरीले बल प्रयोग गरेको थियो । घटनामा इमरान खानका दर्जनौ समर्थक र प्रहरीहरु घाइते भएका छन् । प्रहरीले चलाएको रबरको गोली लागेका केहीको अवस्था गम्भीर छ ।

यसैबीच, इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका समर्थकहरुले पाकिस्ताका विभिन्न शहरहरुमा इमरान खानको समर्थनमा एकसाथ बिरोध प्रदर्शन सुरू गर्नुका साथै लाहोरको जनम पार्क नियन्त्रणमा लिएका छन् ।

साथै उनीहरुले इमरान खानको घर वरिपरि घेराबन्दी गरेका छन् ।