
काठमाडौं । पोखराको रुपाताल किनारमा सिस्टेनी मेला लाग्ने भएको छ ।
रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपमा बराहथोक तमु युवा परिवारले सिस्टेनी मेला आयोजना गर्ने भएको हो ।
रुपातालको छेउमा परापूर्वकालदेखि लाग्दै आएको पुरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै चैत १५ गतेदेखि १७ गतेसम्म मेला आयोजना गर्न लागिएको हो ।
पोखरामा गरिएको पत्रकार सम्मेलनमा शान्तिरुपा तमु समाजका निवर्तमान अध्यक्ष तुलबहादुर गुरुङले मौलिक संस्कृतिलाई निरन्तरता दिन मेला आयोजना गर्न लागिएको बताउनुभयो ।
मेलामा स्थानीयस्तरमा उत्पादन भएका माटोको भाँडा, कुटो कोदालो, फाली, चोयाबाट बन्ने नाङ्लो, डोको लगायतका सामग्री राख्ने गरिन्छ । यस्तै, छेलो प्रतियोगिता, भाले प्रतियोगिता, डोरी तान्ने प्रतियोगितासमेत हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्