
फाइल तस्बिर
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल र यूएई बीचको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुर मैदानमा पुग्नु भएको छ ।
नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड केहीबेर अघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पुग्नु भएको हो ।
नेपाली क्रिकेटरलाई विजयको शुभकामनाको लागि प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा पुग्नु भएको उहाँका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
यसैगरी, नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाली टोलीलाई सामाजिक सञ्जाल मार्फत शुभकामना दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्