१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बागमतीका मुख्यमन्त्रीले चैत ८ गते विश्वासकाे मत लिने


351
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यहि चैत ८ गते बुधबार विश्वासको मत लिनु हुने भएकाे छ ।

मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने व्यवस्थापन गर्नका लागि प्रदेश सभा सचिवालयले बुधबार दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेश सभा सचिवालयले जनाएकाे हाे । केही हप्ताअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी भएका आफ्ना ३ जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो। गत पुस २६ गते बागमती प्रदेशमा मन्त्रिपरिषद गठन हुँदा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो।